Powered By Blogger

Thursday, February 25, 2010

कतारमा ज्ञानबहादुरको मृत्यु

कतारमा ज्ञानबहादुरको मृत्यु


आत्महत्या वा हत्या --

· मेरो छोराको मृत्यु हैन हत्या हो -

· सुन्दर सपना बोकेर कतार हानिएका ज्ञाानबहादुरको गोजीमा भेटियो नेपाली ४५ रुपैया

· श्राीमान्ले बोलाएर काठमाण्डौ पुगेका श्राीमति कुमारीले श्राीमान्लाई त भेटे तर काठको बाकस भित्र

२- मनोजकुमार श्रेष्ठ

सोलु समाचार साप्ताहिक

.... केही धनको पोको बोकी,

फर्कियो र्साईलो काठको बाकसमा,

निदायो र्साईलो सदाको लागि,

फसेर झुठो आशमा .....





सुनको बाला लाउने धोको,

फकाउनु छ ऋणको पोको

जाउ र्साईला धन कमाउन,

कति बाँच्नु गरिबीमा .......

गायक अविनाश घिसिङको एल्बम जिरो पोइन्टमा समेटिएको यो गीत यतिखेर थुप्रै नेपालीलाई जस्तै गरी सल्लेरी ५ रोसी, सोलुखुम्बुकी कुमारी बस्नेतका लागि पनि र्सार्थक भएको छ । धन कमाउन ३ बर्षअघि कतार पुगेका २६ बषर्ीया कुमारीकी श्रीमान् २६ बर्षै श्रीमान् ज्ञानबहादुर बस्नेत काठको बाकसमा फिर्ता भए । कामको सिलसिलामा २०६३ साउन १ गते कतार पुगेका ज्ञानबहादुरलाई २०६६ माघ २० गते झुण्डिएको अवस्थामा फेला पारिएको थियो । ज्ञानबहादुरको लास २०६६ माघ २४ गते काठमाण्डौ आइपुग्यो र अन्तिम संस्कार पशुपती आर्यघाटमा सोही दिन गरियो ।

माघ १९ गते विहान फोनमा कुरा गरेका ज्ञानबहादुरका दिदी पेशाको कानमा अझै पनि ज्ञानबहादुरको आवाज गुन्जिरहेको छ । सो दिन विहान फोनमा ज्ञानबहादुर भन्दै थिए "मलाई मालिकले अझै पनि टिकट दिएको छैन, म आज दिउँसो टिकट लिन जान्छु मालिकले नदिए पनि आफ्नै पैसाले भए पनि टिकट लिएर म र्फकन्छु ।" काठमाण्डौमा केही दिन बस्ने बताएका ज्ञानबहादुरले घरपरिवारलाई फागुण महिनाको शुरुमा घरैमा भेट्ने बताएका थिए ।

श्रीमान् कै आग्रहमा श्रीमति कुमारी माघको २१ गते काठमाण्डौ पुगेका थिए । काठमाण्डौमा केही दिन घुमेरसँगै घर र्फकने योजना बनाएका कुमारीले श्रीमान्लाई काठमाण्डौ एयरपोर्टमा स्वागत त गरे तर बाकस भित्र मृत अवस्थामा । घरपरिवारलाई असाध्यै माया गर्ने ज्ञानबहादुरले झुण्डिएर आत्महत्या गरे भनेर त भनियो तर घरपरिवार यो कुरा स्वीकार्न तयार छैनन् । "यो आत्महत्या हैन, हत्या हो" दिदी पेशाले भने । "१९ माघको विहान मैले उसँग कुरा गरे, २२ माघमा नेपाल र्फकने कुरा उसले त्यतीखेर पक्का गरेको थियो तर २१ माघमा फोन गर्दा फोन उठेन । मैले ३ पटक फोन गरे, चौथो पटकमा त उता मोबाइल नै स्वीच अफ भयो, सपना पनि नराम्रो देखेका कारण मलाई त्यतीखेर केही नराम्रो भए जस्तो लाग्योे, अनि सोधखोज गरे, आखिर ......" तप् तप् आँसु झार्दै पेशाले भने ।

श्रीमान्सँगको यो वियोगले कुमारी अझै पनि होस्मा छैनन् । रुँदा रुँदा आँसु रित्याएकी कुमारीको मनमा पीडाको पहाड छ अनि भबिष्यको चिन्ता पनि । पल पलमा उनी यतिखेर मर्ुर्छित भईरहेकिछन् । आमा तुलसी पटक पटक छाती पिट्दै रोइ रहनु भएको छ । सल्लेरी पारी रोसीको एउटा सामान्य परिवारको सारा सन्सार यतिखेर भताभुंग भएको छ ।



ज्ञानबहादुर बस्नेत ..................





ज्ञानबहादुर बस्नेत, सोलुखुम्बुको सदरमुकाम सल्लेरीको रोसीमा २६ बर्षअघि जन्मेका हुन् । कमजोर आर्थिक अवस्था भएको परिवारमा जन्मेका ज्ञानबहादुर पढाइमा अत्यन्त मेहनती थिए । ज्ञानबहादुरले सल्लेरीकै जनजागृति उच्च माविवाट एसएलसी पास गरेका थिए । सोलुखुम्बु बहुमुखी क्याम्पसवाट उच्च शिक्षा हासिल गरेका ज्ञानबहादुर बेरोजगारीकै कारण कतार २०६३ साल साउनमा कतार हानिएका थिए । घरको दुख मुटुभरि बोकेर सुन्दर सपना साँचेर पैसा कमाउनकै लागि उनी आफैलाई भन्दा बढी माया गर्ने श्रीमति कुमारी र मुटुको टुक्रा बिक्रमबाबुलाई छाडेर कतार हानिएका थिए । नेपाली भएकोमा गौरब गर्ने ज्ञानबहादुर कहिल्यै ढाका टोपी छाड्दैन थिए ।

ज्ञानबहादुरको मृत्यु - हत्या वा आत्महत्या

मृत्यु सबैको निश्चित् छ । तर सबै जना सामान्य मृत्यु चाहन्छन् । तर ज्ञानबहादुरको मृत्यु त्यस्तो हुन सकेन । ज्ञानबहादुरले आत्महत्या नै गरेको हो भनेर कतारका कम्पनी तथा प्रहरीले प्रमाणित गरे पनि यो आत्महत्या हुनै नसक्ने परिवारको ठहर छ । "तिमी काठमाण्डौ आउ, अनिसँगै घुमौला र घर फर्कौला भनेर श्रीमतिलाई काठमाण्डौ झिकाएका एउटा श्रीमान् जसलाई श्रीमति काठमाण्डौ पुगेको पनि थाहा भइसकेको छ, उसले कसरी आत्महत्या गर्न सक्छ" दिदी पेशाको प्रश्न छ । "फोनमा सधैं ४ बर्षो छोरा बिक्रमको कुरा गर्ने एउटा बाबुले कतारमा ३ बर्षदुखले बिताइसके पछि घर र्फकने अघिल्लो दिन कसरी आत्महत्या गर्न सक्छ - " आमा तुलसीको प्रश्न छ ।

कुमारीलाई पनि आफ्नो श्रीमान्ले आत्महत्या गरे भन्ने कुरामा पटक्कै विश्वास छैन । केही महिना अघि श्रीमान् ज्ञानबहादुरले फोनमा भनेको कुराले कुमारीको मुटु यतिखेर पनि छिया छिया भइरहेको छ । ज्ञानबहादुर केही महिना अघि बिरामी भए, अनि केही दिन पछि काममा फर्किए । उनले राम्ररी काम गर्न नसके पछि मालिकलाई आफू घरजाने बताएका थिए रे । तर त्यती खेर कम्पनीका मालिकले गरेको व्यवहार फोनमा श्रीमतिलाई सुनाउँदै ज्ञानबहादुर बेस्सरी रोएका थिए रे । "मैले मालिकलाई घर जानका लागि विदा माग्दा उनले थपक्क काम गर, तँ मरिस् भने प्याक गरेर घर पठाइदिन्छु भनेर पो मलाई जवाफ दिए । " भन्दै वहा बेस्सरी रुनु भएको थियो कुमारी भन्छिन् ।

हत्या की आत्महत्या यहि टुंगिदैन । "मैले तीन पटक लगातार फोन गर्दा उठेन अनि चौथो पटकमा मोबाइल नै स्वीच अफ गरियो, कसले किन यस्तो गरे त -" दिदी पेशाको प्रश्न हो । यति मात्रै हैन, कतार गए पछि पटक पटक गरेर ज्ञानबहादुरले ६ महिनामा आफू जाँदा लागेको ऋण तिर्न १ लाख ६९ हजार रुपैया घर पठाए । कतार पुगेको ६ महिना पछि ज्ञानबहादुरले कुनै पनि रकम घर पठाएनन् । आफू आउँदासँगै सबै पैसा लिएर आउने ज्ञानबहादुरले बताएको पारिवारिक श्रोतको भनाई छ । तर झुण्डिएको भनिएको ज्ञानबहादुरको शरीरमा नेपाली रुपैया ४५ मात्र भेटियो । "उनले ३० महिनामा कमाएको पैसा कहाँ गयो त -" दिदी पेशा प्रश्न गर्छिन् । भाईको हत्या पैसाको लागि कसैले गरेको उनको ठहर छ । उनको भनाईमा ज्ञानबहादुरसँगै कोठामा बस्ने ६ जनाको कुरा पनि फरक फरक छ । "कसैले बिरामी थियो भनेकाछन्, कसैले उनलाई ब्लड क्यान्सर भएको थियो त्यसैले आत्महत्या गरेको होला भनेकाछन् अनि कसैले ज्ञानबहादुर सधैं घर परिवारको मात्रै कुरा गरिरहन्थे, सधै उनी चिन्तित भइरहन्थे भनेकाछन् ।" यस्तो अवस्थामा भाईले आत्महत्या नै गर्यो भनेर हामी कसरी विश्वास गरौं त - दिदी पेशाको भनाई छ । त्यहाँ रहेका अरु नेपालीलाई ज्ञानबहादुरको लास समेत हर्ेन नदिइएको उनको दाबी छ । छोराको लागि खेलौना, ब्ल्याङकेटका साथमा दर्ुइ ब्रिफ्केस सामान किनिसकेका ज्ञानबहादुरको मृत्यु आत्महत्या नभएर हत्या भएको परिवारको दाबी छ ।

अधुरो सपना

ज्ञानबहादुरका ४ बर्षा कलिला छोरा बिक्रमबाबु अझै पनि बुबाले धेरै खेलौना ल्याइदिने आशामा हरेक दिन फाप्लु बिमानस्थलमा आउने जहाज तिर नजर डुलाइ रहेकाछन् । बुबाको मृत्यु ती ४ बर्षो कलिला बालकलाई के थाहा - उनी अझै भन्दैछन्, बुबा थुप्रै खेलौना लिएर आउनु हुन्छ, अनि ममी, बाबा र मसँगै आँगनमा खेल्छौं । अब उनको यो सपना कहिल्यै पुरा हुनेछैन । यति मात्रै हैन ३ बर्षेखि ज्ञानबहादुरको फोटोमा टिका लगाएर दशै मनाएका र यस पटक ज्ञानबहादुरकै निधारमा टिका लगाएर दशै मनाउने ज्ञानबहादुरका बुबा डम्बरबहादुर र आमा तुलसीको सपना नै पुरा हुन्छ । बिदेशवाट भाई फर्के पछि भाईले ल्याउने केही पैसाले भाइ बुहारीको राम्रो भबिष्य हर्ेर्ने दिदी पेशाको सपना पनि अधुरै रहयो । ज्ञानबहादुरकी श्रीमति कुमारीको त सपना मात्रै हैन जीवन नै भताभुंग भएको छ । भाई यामबहादुर र बहिनी रमिलाले मनमा सजाएका तस्वीरहरु पनि गर्भमा नै तुहिएकाछन् ।

सरकारी उदासिनता

यतिखेर बिदेशिएका नेपालीहरुले पठाउने रेमिट्यान्सको भरमा चलिरहेको देशको अर्थतन्त्र चलिरहेको छ । अर्थतन्त्र उकास्न कम्मर कसेको बताउने सरकार ज्ञानबहादुरहरुको मृत्यु वा हत्या प्रति जिम्मेवार बनेकेा छैन । त्रिभुवन विमानस्थल अध्यागमन शाखाको तथ्यांक अनुसार धन कमाउने आशामा दैनिक रुपमा बिदेशिनेको संख्या ५ सयको भन्दा बढी छ भने मासिक रुपमा बाकसमा प्याक भएर फर्किनको संख्या झण्डै ६० छ । यो संख्या दिनानुदिन बढिरहेको अवस्थामा सरकारले केही गर्न सकेको छैन । बिदेशमा पुगेर काम नपाएर छट्पटिएका नेपालीको घाउमा मलम लगाउन नसकेको सरकारले बिदेशमा जुनसुकै तवरले मरेको नेपालीको लास नेपाल भित्र्याउनलाई पनि गर्नुपर्ने सहयोग गरेको छैन । ज्ञानबहादुरको लास नेपाल ल्याउन पनि परिवारले नै बढी मेहनत गर्नु गर्यो । किन मरिरहेकाछन् नेपालीहरु बिदेशी भूमिमा, अझ बढी मात्रामा खाडी मुलुकहरुमा नेपाली किन मरिरहेकाछन् भन्ने बिषयमा नेपाल सरकारले उच्च स्तरवाट नै अध्ययन अनुसन्धान नगर्ने हो भने बिदेशिएका नेपालीहरु काठको बाकसमा र्फकने संख्या लगातार बढ्नेछ, बढि नै रहनेछ ।