Powered By Blogger

Friday, March 5, 2010

खै कहाँ छ सरकार ?

चौतारी 
खै कहाँ छ सरकार -
२ भोजेन्द्र बस्नेत


सल्लेरीबाट हिड्ने बेलामा कुरा धेरै सुनियो गुदेल, छेस्काम र बुङ्ग निकै विकट छ र त्यहाँको जीवन कष्टपर्ुण्ा छ । त्यहाँ त मान्छे नेपाली राम्रोसँग बुझदैनन् र बोल्दैनन् पनि । झोलामा खाजा र बोतलमा पानी बोकेर हिड्नु पर्छ । यति कुरा सुन्दासुन्दै पनि त्यहाँसम्म जानको लागी आँट गरियो ।  यात्रा कम चुनौतीपर्ुण्ा थिएन, काठमाण्डौ जस्तो सुबिधा सम्पन्न ठाउँमा हर्ुर्केका मान्छे हिड्नका लागि  कठिन त हुने नै भया । नयाँ ठाउँ, नयाँ बाटो, नयाँँ संस्कृती, नयाँ परिवेश तै पनि आँट नै सबैभन्दा ठुलो कुरा हो भनेर हामी त्यस तर्फलाग्यौं ।
देउसाको बुढिडाँडाबाट कहाली लाग्दो ओह्रालो, दुधकोशी तरेर फेरी पावैको उकालो अनी सोताङ्ग बजार पार गरे पछि शुरु भयो अर्को सन्सारको यात्रा । बुङ्ग पुग्नै लाग्दा भेटिएकी किरात समुदायकी एक बृद्धा जसलाई बाटो सोध्यौँ तर वहाँले नेपाली नै बुझनु भएन, एकछिन हाम्रो अनुहारमा हर्ेर्नुभयो, अनी आफ्नै भाषामा खै के के भन्दै लाग्नुभयो आफ्नै गन्तव्यतर्फ। शंका लाग्यो हामी नेपालमा नै छौं त - तर बिश्वास आफैलाई गर्नु थियो हामी नेपाल पार गरेर अन्त कतै गएका थिएनौं । बेलाबेलामा टेलिभिजनमा देखिएका अभावका दृष्य आज प्रत्यक्ष देख्दा कता कता मन भित्र सरकार प्रति बितृष्णा जाग्यो, भाषण गर्न निकै खप्पीस हाम्रा नेताको अनुहार सम्झ्यौं, अनी डलरको खेती गर्नेहरुको पनि सम्झना आयो । यिनै सम्झनाका बीचमा घुम्यौ हामी तीन गाविस ।
त्यहाासम्म पुग्दा पहिलो भोगाई हाम्रो मुल्यमा भयो हामीले १२ रुपैयाँ प्रतिकेजीका दरले किन्ने गरेेको नुन त्यहाँ ६ गुना बढि ७० रुपैयाँ प्रतिकेजी भन्दा माथी रहेछ । प्रतिब्यक्ति आय झनै कम छ । भनेको समयमा पैसा तिर्दा पनि सामान पाईदैन । एउटा घरमा ८/९ जना बच्चाहरु छन् । कसैले मेरा ४/५ जना मात्र छोराछोरी छन् भन्यो भने कति थोरै भन्नुपर्ने अबस्था रहेछ । २४/२५ बर्षो जोडीका ५ जनासम्म छोराछोरी छन् । बिबाहपर्ुव गर्भवती हुने पनि भेटियो । ६/७ कक्षामा पढ्दै गरेका किशोरीहरु गर्भवती हुँदा रहेछन्, त्यो पनि बिबाह भएको छैन । त्यसपछि बिबाह हुन्छ र कक्षा छाड्दै जाँदा ६ कक्षा तिर ६० जना बिद्यार्थी भएको बिद्यालयमा कक्षा ९ तिर पुग्दा १५/२० जनामा झर्दो रहेछ । कुनै बिद्यालयले कम उमेरमा बिबाह नहोस् भनेर बिबाह गर्ने बिद्यार्थीहरुलाई जरिवानाको व्यवस्था पनि गरेको रहेछ तै पनि समस्या उस्तै छ । सँस्कृती अनुसार नै यौनमा केही लचकता भएको कारण यस्तो समस्या आएको हो भनिएपनि यसका पछाडी सचेतनाको अभाव मुख्य भएको पाईन्छ । त्यताका पुरुषहरु न त परिवार नियोजनको स्थायी उपाय अपनाउँछन् न त अस्थायी साधनको प्रयोग सम्बन्धी ज्ञान छ, महिलाहरुले केही मात्रामा अस्थायी साधनको प्रयोग गर्ने गरेको पाइए पनि त्यो पर्याप्त होइन । छोराछोरर्ीर् इश्वरका बरदान हुन् भन्ने पर्ुखाको उखान अझै पनि र्सार्थक रहेछ ती ठाउँहरुमा । उनीहरु सँधैजसो कामको पछाडी लागिरहन्छन् । बिहान उज्यालो भएपछि शुरु भएको उनिहरुको कामको चटारो झमक्कै अध्यारो नहुन्जेल चलिरहन्छ । भोली बिहान सबेरै उठेर जानुपर्ने कामको चिन्ता राती न्रि्रामै पर्छ । भोली बिहानै उठेर काममा जानु छ त्यो भन्दा बढि उनिहरुलाई केही थाहा छैन ।
सरकारी कर्मचारीहरु प्रति उनीहरुमा चर्को बितृष्णा छ । सरकारी कर्मचारी त भत्ता पचाउन मात्र आएका हुन् भनेको सुन्दा हामीलाई खल्लो लाग्यो तर पछि उनिहरुका कुरा सुन्दै जाँदा कुरा ठिकै जस्तो पनि लाग्यो । जागिरे अहेब एक बर्षा करिव ३ महिना पनि स्वास्थ्य संस्थामा बस्दा रहेनछन्, पढाउने शिक्षकहरुले जति विद्यालयलाई वास्ता गर्नुपर्ने हो त्यो भएको छैन । गाविस सचिव १ पटक पुगेर ३ दिनमा फर्केपछि अरु ६ महिना हराउँदा रहेछन् । सरकारी कर्मचारी निकै शान देखाउँदै उनिहरुलाई हप्काउँछन् रे, व्यवहार पटक्कै राम्रो हुँदैन भनेकेा सुन्दा अचम्म लाग्यो । उनिहरुले देखेका राम्रा कुरा भनेका २ वटा रहेछन् एउटा केयर नेपाल र अर्को सोलु एफएम । केएर नेपालले त्यहाँ निकै कुरा बुझायो रे अनी बिकासका निकै राम्रा काम गर्‍यो रे ।सोलु एफएमले पनि गाउँलेलाई धेरै कुरा सिकाएको छ रे । जिल्लाका खबर पनि ३ महिना पछि थाहा हुन्थ्यो तर अहिले आहा सोलु एफएम भन्छन् उनीहरु । काम गर्दा पनि बारीको कान्लामा रेडियो राखेर सोलु एफएम बजाउँदा रहेछन् अनी  घाँसको भारी माथी पनि बज्दो रहेछ त्यही एफएम । रेडियोमा नेताहरु निकै मिठा कुरा सुनेका रहेछन् उनीहरुले । सरकारसँग के माग्नुहुन्छ  भन्दा आफै कहिल्यै नअघाउने सरकारले के पो दिन्छ र - माथी मन्त्रिहरुले खान्छन् अनी फेदमा बचेको पनि जिल्लाका कर्मचारीले सिध्याउछन्, गाउँका नेताको भागमा अलीअली चटनी आउला तर हामीलाई केही हुने वाला छैन ।
साँच्चै त्यहाँ सरकारको कुनै उपस्थिती नै नभएको जस्तो लाग्यो । स्वास्थ्य संस्थाको भवन छ तर महिनाको कुरा नगरौं बर्षभरीमा कतिदिन खुल्छ भनेर गन्नर्ुपर्छ । बिद्यालय छ तर राम्रा शिक्षक एकदमै कम छन्, त्यो भन्दा बाहेक अरु के छ र - गाविसमा बर्षा २० लाख पैसा आउँछ तर खै कसरी सकिन्छ उनीहरु भन्छन् । सरकारले सामाजिक सुरक्षा भत्ता दिन्छ तर बर्षा ९ महिनाको भन्दा बढि पाउँदैनन् रे त्यो पनि कसैले जम्मा गरी एक बर्षा ३ हजार ३ सय, कसैले ४ हजार २ सय अनी कसैले ४ हजार ६ सय पाएको बताए । सरकारले त प्रतिमहिना ५ सयका दरले भत्ता दिन्छ र त्यसमा कुनै कर लाग्दैन भन्ने सुनेका उनीहरु त्यती पैसा नपाएकोमा जिल्ला छन् । किन यति मात्र पैसा भनेर सोध्दा सचिवको गाली बाहेक अरु पाएनछन् उनीहरुले
ती गाविसहरुमा सरकारको उपस्थिति नै नभएका कारण खै सरकार भन्ने प्रश्न हाम्रो मनमा अहिले पनि छ । केही योजनाहरु त्यहाँ पठाइएका छन् तर त्यसको अनुगमन भएको छैन । सरकारी कर्मचारीहरु त्यहाँको लागी खर्टाईन्छ तर कहाँ हुन्छन् पत्तो छैन । अनुगमन भईहालेमा तिनै ठग प्रबृतिको प्रभाव पर्छ, राजनीतिको प्रभाव पनि त्यत्ति परेको पाईदैन । त्यहाँ समस्या नै समस्याको ओइरो छ । समस्याको गन्ती गरेर साध्य छैन । यसरी बेवास्ताको चेपुवामा परेको र त्यहाँको नाम बेचेर कोही मोटाउने राम्रो थलो बनेकेा बुङ्ग, छेस्काम र गुदेलको यात्राले हामीलाई एउटा कष्टपर्ुण्ा जिवनको पाठ सिकाएको छ । जबसम्म यो ठाउँको बारेमा सरकारको ध्यान जाँदैन त्यसबेलासम्म नयाँ नेपालका कुरा कुरामै मात्र सिमित हुने पक्का छ ।
-राष्ट्रिय विकास स्वयंसेवकद्वय ललितपुरका अमित बिक्रम सिजापती र काठमाण्डौका दिलिपबर सिंह थापासँगको कुराकानीका आधारमा तयार गरिएको)

No comments:

Post a Comment